Monday, February 10Nepal News Portal
Shadow

यस बर्ष असारमा रासायनिक मल अभाव नहुने


काठमाडौं । गत वर्षको असार महिनामा धान रोप्ने समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष मल पाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मल मौज्दात रहेको भन्दै अभाव नहुने जानकारी दिएको हो ।

कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीका अनुसार असारका लागि आवश्यक पर्ने यूरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा कम्पनीको भण्डारमा रहेको छ । पर्याप्त मात्रामा रासायनिक मल भण्डारणमा भएपनि ढुवानीमा समस्या भएको छ ।

गत वैशाखदेखि देशका अधिकाशं जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै लागू गरिएको निषेधाज्ञाका कारण मलको ढुवानी हुन सकेको छैन । पर्याप्त मल भण्डारण भएपनि ढुवानी रोकिदा अभाव हुनसक्ने देखिएको छ ।

कृषि सामग्री कम्पनीसँग हाल १७ हजार टन युरिया मौज्दात रहेको छ भने थप ५० हजार टन असारसम्म आइपुग्ने अनुमान गरिएको छ । थप ५० हजार टन युरिया मल भदौमा आइपुग्ने कम्पनीले जनाएको छ ।

धान रोपाइँ गर्ने समय अर्थात जेठ असार महिनामा ७० हजार टनभन्दा बढी मलको माग हुने गरेको छ । कम्पनीको तथ्यांक अनुसार जेठ असार र साउनमा गरी धान रोप्ने समयमा करिब एक लाख टन मलको माग हुने गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्