Thursday, April 18Nepal News Portal
Shadow

आज तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


काठमाडौं । मंगलबार (आज) तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छ । यी कम्पनीको शेयरमूल्य झन्डै १० प्रतिशतले बढेको हो ।

आज छ्याङदी हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन छ्याङदी हाइड्रोपावरको शेयरमूल्य ७.६६ प्रतिशतले घटेको छ भने लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ७.०२ प्रतिशतले घटेको छ ।

आज कारोबारको आधारमा सबैभन्दा बढी नेपाल पुनर्वीमा कम्पनीको भएको छ । यस कम्पनीको ७६ करोड ३० लाख ९७ हजार २२१ रुपैयाँ बराबरको शेयर कोरोबार भएको छ ।

Total Page Visits: 646 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्