Wednesday, January 15Nepal News Portal
Shadow

धितोपत्र बोर्डले निकाल्यो दोस्रो बजारमा लगानी गर्न जोखिमयुक्त ५१ कम्पनी, कतै तपाईले लगानी गरेको त परेन ? हेर्नुहोस् (सूचीसहीत)


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबन) ले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम भएका कम्पनीहरुको मंगलवार (आज)विवरण सार्वजनिक गरेको छ। बोर्डले निहीत जोखिम भएका ५१ ओटा कम्पनीहरुको विवरण सार्वजनिक गरेको हो ।
बोर्डले विगत एक वर्षको अन्तरालमा सूचीकृत संगठित संस्थाहरुको मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढीले मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अंकित मूल्य भएका कम्पनीहरुलाई जोखिम पूर्ण रहेको बताएको छ ।

यस्ता कम्पनीमा लघुवित्त, जलविद्युत्, वित्त कम्पनी, विकास बैंक र बीमा कम्पनीहरु रहेका छन् ।

उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा अध्ययन पनि शुरु भएको बोर्डले बताएको छ ।

धितोपत्रको दोस्रो बजारमा विभिन्न कम्पनीको शेयर मूल्यमा चलखेल गरी शेयर मूल्य बढाएको पाइएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ती ५१ ओटा कम्पनीको शेयर मूल्यमा चलखेल गरी शेयरमूल्य बढाएको खुलासा भएको हो । धितोपत्र बोर्डले लगानीकर्ताको हित संरक्षणका लागि सधैं तत्पर रहेको पनि बताएको छ ।

शेयर बजार जोखिम मुक्त नरहेको हुँदा यसमा लगानी गर्नेले जोखिमको आकलन गरेर मात्र लगानी गर्न बोर्डले लगानीकर्ताहरुलाई सचेत समेत गराएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्