Monday, February 10Nepal News Portal
Shadow

निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न सर्वाेच्चको आदेश


काठमाडौं । निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि विवरण र कर बुझाउने व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । मंगलबार (आज) न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले निषेधाज्ञाको अवधिभर कर नबुझाउनेसँग जरिवाना असुल नगर्न आदेश जारी गरेको हो ।

“कर विवरण बुझाउने अवधि थप गर्ने र प्रक्रिया सरलीकरण गर्नेलगायतका विषयमा निर्णय र प्रकाशित सूचनाबमोजिम हुने नै हुँदा कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु” आदेशमा भनिएको छ,–“बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु ।”

अदाललते यसअघि जारी भएको अन्तरिम आदेशलाई केही संशोधन गरी जारी भएको आदेशमा निषेधाज्ञा नखुलेसम्म कर र जरिवाना लिन नपाउने, त्यसो गर्न चाहेमा अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना प्रकाशन गर्नुपर्ने उल्लेख छ ।
यसअघिको अन्तरिम आदेशविरुद्ध अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागले भ्याकेटको निवेदन दिएका थिए । सोही भ्याकेटको निवेदनमाथि सुनुवाइपछि अदाललते आर्थिक ऐनको दफा १९ बमोजिमको सूचनामा उल्लेख भएको अवधिसम्मको लागि कर विवरण र कर दाखिला नगरेमा जरिवाना नगर्न आदेश दिएको हो ।

यसअघि अधिवक्ता सृजना अधिकारीलगायतले दायर गरेको रिटमा सुनवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । राजश्व विभागको वेभसाइटमा कर विवरण बुझाउने सम्बन्धमा कुनै सूचना नभएको तर आफूलाई ‘नन फिल्टर’ भनी जरिवाना गराइएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्नुपर्ने माग रिट निवेदनमा थियो ।

May be an image of text that says 'सर्वोच्च अदालत, संयुक्त ईजलाश माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भह्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश विषय: ०७७-FN-૦५७૮, .।.७.FN-०५७९,०७७-W०-११२५, अन्तरिम आदेश खारेज सम्वन्धमा) नेपाल सरकार, अर्थ मन्त्रालय सनेनत .....िवेदक/विपक्षी विरुद्द अधिवक्ता सृजना अधिकारी निवेदक यस अदालतबाट जारी भएको अन्तरिम आदेश खारेज गरिपाऊँ भनी पेश हुन आएको प्रस्तुत निवेदनमा मिसिल संलग्न कागजात अध्ययन गरी निवेदकतर्फबाट उपस्थित विद्ठान सहन्यायाधिवक्ता श्री हरिशंकर जवाली तथा विपक्षी रिट निवेदकतर्फबाट उपस्थित विदवान वरिष्ठ अधिवक्तादय श्री हरिहर दाहाल. तथा श्री सुशील पन्त तथा विद्ठान अधिवक्ताहर श्री मेघराज पोखरेल, श्री सरोजकृष्ण धिमिरे, श्री भावेश गौतम श्री किर्तिनाथ पौडेल, श्री पिकदस भदटराई, श्री m महेश्वर'

No photo description available.

No photo description available.

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्