Tuesday, December 3Nepal News Portal
Shadow

तपाईमा देखिएका लक्षण मधुमेहका त हैनन् ? हेर्नहोस् यस्ता हुन्छन् मधुमेहका लक्षण


काठमाडौं । रगतमा ग्लुकोजको मात्रा बढ्यो भने मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण देखिन थाल्छन् । डाक्टरहरुका अनुसार आठ दश घण्टाको उपवास पश्चात् लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर .१०० मि.ली. रगतमा १२६ मि.ग्रा. भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोग लागेको मानिन्छ ।

सामान्यतया एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखी ११० मि.ग्रा. प्रति डेसीलिटर ग्लुकोज पाइन्छ । यदि ग्ललुकोजको मात्रा यो रेन्ज भन्दा ज्यादा भएमा हाईपरग्लाइसिमिया भनिन्छ भने कम भएमा हाईपोग्लाइसिमिया भनिन्छ । चिकित्सकीय परिभाषामा ती सम्पूर्ण रोगावस्थाहरुलाई मधुमेह को नामले सम्बोधन गरिन्छ जसले हाईपरग्लाइसिमियाको साझा लक्षणलाई व्यक्त गर्दछन् ।

यस्ता हुन्छन् लक्षणहरू
मधुमेह एउटा सुसुप्त रोग भएकोले प्रारम्भीक चरणमा खासै लक्षणहरु देखिदैनन् । यो एउटा सिष्टमिक समस्या भएकाले अलग अलग सिष्टममा अलग अलग लक्षण देखाउँछ । यस रोगले विशेषतः रोग बढ्दै गएपछि धेरै भोक लाग्ने, धेरै तिर्खा लागे, धेरै पिसाव लागे, धेरै थकाई लाग्ने, मानसिक जडता, पेटको गोलाई बड्ने, डर लाग्ने, बिना कुनै कारण हल्का रिस उठ्ने, तौल घट्ने नैराश्यताको अनुभव भइ राख्ने, कमजोरी महसुस हुने, हातखुट्टाहरु गल्ने जस्ता सामान्य लक्षणहरू देखाउदछ ।

रोग बढ्दै गएमा आँखा कमजोर भएर दृष्टि धुम्मिने, छालाका समस्या जस्तै योनी, चाक र औलाको काप र स्तनमुनी चिलाउने, छालामा दाद वा घाउ–खटिरा आउने, छालाको रंग , कान्ति, मोटाइ र सुन्दरता परिवर्तन हुने, स्वाशमा एसिटोनको गन्ध आउने, दम बढ्ने, वाक वाकी लाग्ने, बमन हुने, पेट दुख्ने, प्रतिरक्षा प्रणाली कमजोर हुने, घाउ–चोट चाडै निको नहुने, पिसापमा कमिला लाग्ने, गुप्तांङ्ग चिलाउने जस्ता लक्षणहरु देखा पर्दछन् ।

यस्तै रोग बढ्दै गएमा हृदयघात, मस्तिष्कघात, मृगौला फेलिएर, दृष्टिनाश, नशानाडी सुक्ने, छालाको समबेदना शक्ति कम हुने र रोग अनियन्त्रित नै रहिरहे मृत्यु समेत हुन् सक्छ डाक्टरहरुले बताएका छन् । यस्ता लक्षण देखिएमा समयमै उपचार गर्न पनि डाक्टरहरुले सुझाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्