Saturday, May 11Nepal News Portal
Shadow

चिराइतो खेतीमा आकर्षण बढेपनि मूल्यमा गिरावट


हुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तामा परेका छन् । किसानको व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने वर्षेनी गिरावट आउन थालेपछि उनीहरु समस्यामा परेका हुन् । विगत वर्षमा प्रतिमन रु २० देखि २५ हजारमा चिराइतो बिक्री गर्दै आएका यहाँका कृषक यस वर्ष प्रतिमन रु ६ हजारमा बिक्री गर्न बाध्य भएका छन् ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका मार्ने, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय कृषका देवबहादुर विष्टले बताएका छन् । चिराइतो बहुउपयोगी जडीबुटी हुनाले भविष्यमा यसको मूल्य राम्रो हुने उनको भनाइ छ ।

कृषकले उत्पादन गरेको चिराइतो अहिले आफ्नै फर्मबाट प्रतिमन रु ६ हजारले बिक्री हुने गरेको छ । मनको थोरै मूल्य भए पनि अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बताउँछन् ।

Total Page Visits: 1093 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्