Thursday, April 17Nepal News Portal
Shadow

ग्लोबल आइएमई लघुवित्तले ग्राहकलाई ब्याजमा यति धेरै छुट दिने ! कति दिन्छ त ?


काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई ब्याजमा १० प्रतिशतले हुन आउने रकम छुट दिने भएको छ । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै संस्थाले आफ्ना ग्राहकलाई २०७८ असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट दिने भएको हो ।

यसका साथै यो अवधिसम्म ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने समेत संस्थाले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्