Wednesday, December 6Nepal News Portal
Shadow

बालाजु औद्योगिक क्षेत्रका २५ प्रतिशत उद्योग बन्द


काठमाडौं। कोरोना महामारी बढे सँगै निषेधाज्ञा भएका कारण बालाजु औद्योगिक क्षेत्रभित्रका २५ प्रतिशत उद्योगहरु बन्द भएका छन्। उत्पादन बजारमा पठाउन समस्या भएकाले उद्योग बन्द भएका हुन्।
हाल सञ्चालनमा रहेका उद्योगहरुले पनि क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको बालाजु औद्योगिक क्षेत्र व्यवस्थापनले बताएको छ । अत्यावश्यक ग्यास, डेरी, पानी, खाद्यान्न र प्लास्टिक उद्योगहरु सञ्चालनमा रहेका छन्।

बालाजु औद्योगिक क्षेत्रभित्र करिब एक सय ४० वटा उद्योगहरु छन्। गत वर्षको लकडाउनमा ५० प्रतिशतभन्दा बढी उद्योगहरु बन्द भएका थिए। बन्द नभएका उद्योगहरु पनि क्षमताको २० प्रतिशतमा चलेका थिए।खाद्यान्न, डेरी, ग्यास र पानीका उद्योगका सञ्चालकले पनि बिक्री घटेका कारण क्षमता भन्दा कम चलेका छन्।

Total Page Visits: 1394 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्