Sunday, September 8Nepal News Portal
Shadow

सरकारको विकल्प खोज्न जसपाको आग्रह


काठमाडौं,२२ कार्तिक (ससं) । नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक विवाद चलिरहेको बेला जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न थालेको छ ।

नेकपाकै शीर्षस्थ नेताहरुले प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दवाव दिइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने भनिरहेको बेला जसपा नेपालले पनि लगातार सरकारको विकल्प खोज्ने विषयमा जोड दिएका रहेको हो ।

सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो समाजिक सञ्जाल तथा विभिन्न औपचारिक मञ्चहरुबाट ओली नेतृत्व सरकारको विकल्प खोजौँ भनि आह्वान गर्दै आएका छन् ।

ओली नेतृत्वको सरकार संकटमा रहेको बेला ओली तथा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले काँग्रेस तथा जसपा नेपालका नेताहरुसँग आन्तरिक रुपमा छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।

त्यसको तयारीका लागि नेकपाका नेताहरुले यी दुवै दलका शीर्ष नेताहरुसँग छलफल गरिरहेको स्रोतले जनाएको छ । यस अवस्थामा जसपाले सरकारको विकल्पबारे जोडतोडले कुरा उठाउन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आजै आफ्नो फेसबुकमार्फत ओली नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्