Thursday, September 12Nepal News Portal
Shadow

जीवन विकास लघुवित्तको आईपीओ असार ११ गतेदेखि विक्री खुला हुने


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सर्वसाधारणले बाँकी रहने १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरीद इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते हुनेछ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर त्रिपल बि माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्