काठमाडौं । साताको अन्तिम करोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा रोकिएको छ ।
आज २२३ कस्पनीको २ करोड ३ लाख ६५ हजार कित्ता शेयर १० अर्ब ९० लाख ४९ हजार रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । आज बैंकिङ, उद्योग, हाईड्रो, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।
आज खानिखोला हाइड्रोपावर कम्पीको शेयर मूल्य ७.४२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य १९१६ रुपैयाँ कायम भएको छ ।
निरन्तर ९ प्रतिशतका दरले वृद्धि हुँदै आएको सिइडीबि आइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आज भने ६.५५ प्रशितले घटेको छ ।