Sunday, February 16Nepal News Portal
Shadow

एक सातामै सुनको मूल्यमा अत्याधिक गिरावट, आज कतिमा कारोबार हुँदैछ त ?


 

 

काठमाडौं । पछिल्लो समय स्थानीय बजारमा सुनको मूल्य लगातार ओरालो लाग्न थालेको छ । एक सातायता भने सुनको मूल्य ३ हजार ७०० रुपैयाँ घटेको छ । एक हप्ता अघि जेठ २८ गते प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार (आज) प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद विक्री भइरहेको छ । यो हिजोको तुलनामा १ हजार २०० रुपैयाँले कमी हो । हिजो (बिहीबार) प्रतितोला ९२ हजार रुपैयाँमा सुन खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै एक हप्ताको विवरण हेर्दा जेठ ३० गते सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने जेठ ३१ गते ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । असार एक गते ९३ हजार २०० रुपैयाँमै कारोबार भएको सुन २ गते १०० रुपैयाँ घटेर कारोबार भएको थियो । ३ गते (हिजो) प्रतितोला १ हजार १०० रुपैयाँ घटेर कारोबार भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि घटेर कारोबार भइरहको छ । हिजा प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजोको तुलनामा चाँदी ३५ रुपैयाँ घटेर कारोबार भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्