Monday, February 10Nepal News Portal
Shadow

१२ को पढाइ साउनदेखि सुरु


काठमाडौं । कक्षा १२ को पढाइ साउनदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार साउनबाट १२ कक्षाको पढाइ सुरु हुने भएको हो ।

१२ कक्षाको पढाइ सुरु गर्नका लागि बोर्डले विद्यालयहरूलाई ११ कक्षाको आन्तरिक मूल्याङ्कन असार मसान्तसम्म पठाउन निर्देशनसमेत दिएको छ । पहिला परीक्षा बोर्डले परीक्षा लिने गरे पनि गत वर्षदेखि विद्यालयले ११ कक्षाको आन्तरिक मूल्याङ्कन गर्ने अधिकार पाएका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पनि साउनसम्ममा रोकिएका सबै परीक्षा भौतिक उपस्थितिमै सम्पन्न गर्ने गरी तयारी थालेको छ । कोरोनाको कारण सञ्चालन हुँदाहँुदै रोकिएका परीक्षा पहिला र अन्य परीक्षा क्रमशः गर्ने गरी तयारी थालेको त्रिविले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्