Wednesday, September 18Nepal News Portal
Shadow

कुमारी बैंकद्वारा बाढीपीडितलाई सहयोग


काठमाडौं । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढीपहिरोले पीडित भएका परिवारलाई सहयोगस्वरुप दैनिक उपभोग्य खाद्यवस्तुलगायतका सामग्री उपलब्ध गराएको छ।

बैंकले ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिला तथा शिशुका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधिहरू उपलब्ध गराएको हो। ती राहत सामग्री कुमारी बैंकको मेलम्ची शाखाका प्रमुख विनोदभक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललाई हस्तान्तरण गरेका छन्।

बाढीपहिरोबाट उत्पन्न यस विपतको समयमा आत्मबललाई उच्च राखी विपतसँग सामना गर्नुपर्ने अवस्था रहेको र विपतमा गरिने सानो सहयोगले पनि पीडितलाई ठूलो राहत हुने विश्वास बैंकले लिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्