Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नेपाली कांग्रेसका नेता शिव अधिकारीले भने, “नुवाकोटका विकास विरोधी तत्वहरुले पार्टी सिध्याउन अनेक हत्कण्डा अपनाउँदैछन्” – Udhyognews.com
Friday, June 13Nepal News Portal
Shadow

नेपाली कांग्रेसका नेता शिव अधिकारीले भने, “नुवाकोटका विकास विरोधी तत्वहरुले पार्टी सिध्याउन अनेक हत्कण्डा अपनाउँदैछन्”


काठमाडौं । नेपाली कांग्रेस नुवाकोट तारकेश्वरका नेता तथा समाजसेवी शिव अधिकारीले कांग्रेसको खोल ओडेका केही विकास विरोधी तत्वहरुले पार्टी सिध्याउन खोजको भन्दै पार्टी जोगाउन त्यस्ता तत्वको सशक्त प्रतिरोध गर्नुपर्ने बेला आएको बताएका छन् । सोमबार (आज) एक विज्ञप्ति जारी गर्दै अधिकारीले पार्टीलाई आफ्नै पेवा सम्झिने केही स्थानीय नेताहरुले आफ्ना विकासका अभियानहरुमा अवरोध सिर्जना गर्ने दुष्प्रयास गरेको भन्दै यस्ता पार्टीविरोधी र समाजविरोधी गतिविधिबाट आफू कत्ती पनि बिचलित नहुने बताएका हुन्।

वडा समितिको निर्णय भन्दै किर्ते जालसाँझी गरेर समितिका सदस्यहरुले हस्ताक्षर नगरिकनै तारकेश्वर–२ का वडा इकाइ सभापति हरि श्रेष्ठले आफूमाथि कारबाहीका लागि सिफारिस गरेको भन्दै अधिकारीले पार्टी विधानको खिल्ली उँडाउने र किर्ते जालसाँझी गर्ने हरि श्रेष्ठ लगायत त्यसका लागि उक्साउने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य र वडा नं. ४ का इकाइ सभापति गोविन्दप्रसाद शर्मामाथि पार्टीले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

‘वडा इकाइका साथीहरुले हस्ताक्षर नगरिकनै किर्ते जालसाँझी गरी फर्जी हस्ताक्षर बुझाएर विकासको अभियान चलाएकै अभियोगमा ममाथि कारबाहीका लागि भन्दै सिफारिस गरेर पठाउने वडा नं. २ का सभापति हरि श्रेष्ठसँगै यस्तो दुष्कर्मका लागि उक्साउने र दबाब दिने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य र वडा नं. ४ का सभापति गोविन्दप्रसाद शर्माले पार्टी र समाजविरुद्ध गम्भीर अपराध गरेका छन्,’ ‘पार्टीकै छवि धूमिल गराउने र सिंगो समाजप्रति समेत घात हुने गरी भइरहेका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराउँदै व्यक्तिगत कुन्ठासिद्धिका लागि पार्टी सिध्याउन लागिपर्ने यस्ता कुतत्वहरुमाथि यथाशीघ्र छानविन गरी कारबाही गर्न माग गर्दछु ।’ उक्त विज्ञप्तिमा अधिकारीले लेखेका छन् ।

अधिकारी डेढ दशकदेखि समाजसेवामा सक्रिय छन् । भूकम्पछि मात्रै उनले विभिन्न संघसंस्थासँग समन्वय गरी तारकेश्वरमा विद्यालय, अस्पताल, सडक, क्लब, सामुदायिक भवन, मन्दिर, गुम्बा र खानेपानी आयोजना गरी पूर्वाधार निर्माण र पुनर्निर्माणका क्षेत्रमा दर्जनौँ आयोजना सम्पन्न गरिसकेका छन् । महिला सशक्तीकरण र युवा जागरण अभियान चलाएर उल्लेख्य चर्चा कमाएका अधिकारीले कोरोना महामारी सुरु भएयता कोरोनाको रोकथाम र उपचारका लागि करोडौँको स्वास्थ्य सामग्री तारकेश्वर भित्र्याइसकेका छन् ।

दुई साताअघि उनले विकास र समाजसेवाका कार्यक्रममा समन्वय र सहकार्य गर्न भनेर आफ्नै संरक्षकत्वमा १०१ सदस्यीय तारकेश्वर डेभलपमेन्ट फोर्स गठन गरेका थिए । आफूसँग सल्लाह नगरी फोर्स गठन गरेको भन्दै उनीसँग रुष्ट भएका पार्टीका केही स्थानीय नेताहरुले सार्वजनिक सूचना जारी गरेरै उनको अभियानमा सहभागी नहुन कार्यकर्ताहरुलाई चेतावनी दिएका थिए । चेतावनीका बाबजुद तारकेश्वर डेभलपमेन्ट फोर्समा १५० युवा जोडिइसकेका भन्दै अधिकारीले छिटै यो संख्या बढाएर ३०१ पुर्याउने बताएका छन् ।

पार्टीको विधानविपरीत गएर आफूसँग स्पष्टीकरण सोध्ने, आफ्ना सामाजिक अभियानमा सहभागी हुनेलाई धम्काउने, तर्साउने र अभियान बिथोल्न दुष्प्रयास गर्ने कार्यले पार्टीकै छवि धूमिल पार्ने भन्दै अधिकारीले यस्ता गतिविधिका विरुद्ध भन्डाफोर अभियान चलाउने बताएका छन् । नेपाली कांग्रेसको विधानले जिल्लाभित्रका कुनै पनि पार्टी सदस्य वा इकाइले गरेको कामका सम्बन्धमा स्पष्टीकरण लिने र कारबाही चलाउने अधिकार जिल्ला अनुशासन समितिलाई दिएको छ । तल्ला इकाइहरुले जिल्ला अनुशासन समितिमा उजुरी दिन सक्छन् । विधानविपरीत गएर वडा सभापतिले आफैँ स्पष्टीकरण सोधेको भन्दै अधिकारीले उनीमाथि कारबाही हुनुपर्ने माग गरेका हुन् ।

समाज र जनताको सेवा गरी मन जित्ने पार्टीको समेत नाम उचो राख्ने अभियान चलाउँदा पार्टीकै साथीहरुबाट अवरोधको प्रयास भएको भन्दै अधिकारीले उनीहरुलाई ‘अर्काले काम गरेको र आफूभन्दा अरु चर्चित भएको देख्न नसक्ने कुन्ठैकुन्ठाले पुरिएका मनोरोगी’को संज्ञा दिएका छन् ।
शाक्य, श्रेष्ठ र शर्माविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी हाल्ने तयारी भइरहेको भन्दै अधिकारीले त्यसका लागि १२७ क्रियाशील सदस्यको हस्ताक्षर संकलन गरिसकेको र अझै थुप्रैको हस्ताक्षरसहित उजुरी हाल्न जाने उल्लेख गरेका छन् ।

‘हामीले पटकपटक स्पष्ट पारेका छौँ, यो केवल विकासका लागि चलाइएको अभियान हो । न हामीले पार्टीको कुनै संरचना बनाएका हौँ, न त यसले कुनै राजनीतिक गतिविधि गर्ने नै हो,’ वक्तव्यमा लेखिएको छ, ‘सारा दुनियाँ अभियानप्रति छर्लंग भइसक्दा पनि बुझ पचाएझैँ गरेर अवरोध गर्न खोज्ने, बिसौँ वर्ष राजनीतिबाट हराएर फर्किएपछि तीस वर्षको राजनीति भन्दै एकलौटी पार्टी कब्जा गर्ने कुत्सित मनसायमा ठेस पुग्ने डरले साथीहरुलाई भड्काउने, धम्काउने र सामाजिक काममा अवरोध सिर्जना गर्न जस्तोसुकै निच हर्कत गर्न पनि तयार हुनेहरु पार्टी र समाजका लागि कलंक हुन् । उनीहरुको दूषित उद्देश्य जनताले कहिल्यै सफल हुन दिने छैनन् ।’ शनिबार मात्रै तारकेश्वर डेभलपमेन्ट फोर्स मार्फत तारकेश्वरका छ वटै वडामा गरी करिब ७ लाखको स्वास्थ्य समग्री वितरण गरिएको थियो भने अधिकारीकै पहलमा ६ नम्बर वडामा बनिरहेको सामुदायिक भवनलाई १ लाख नगद सहयोग गरिएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्