Saturday, July 13Nepal News Portal
Shadow

जो बाइडनलाई जितका लागि मत प्राप्त


काठमाडौं, २३ कार्तिक (ससं) । जो बाइडनले अमेरिकाको राष्ट्रपति निर्वाचित लागि प्रयाप्त मत प्राप्त गरेका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी रहेको कुरा बीबीसीले उल्लेख गरेको छ ।

उनले महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछि उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो।

उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्। ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ।

विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने, ‘मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु ।’

‘अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो।’ बाइडनले भनेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्