काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई बोर्डले आईपीओ निष्कासनका लागि असार ६ गते अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले अव ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।