Sunday, October 13Nepal News Portal
Shadow

अर्थतन्त्रमा साना तथा घरेलु उद्योगको योगदान महत्वपूर्ण छ : गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरूको योगदान समग्र अर्थतन्त्रमा महत्वपूर्ण रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग गत सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले संसारभरी नै एमएसएमईज र एसएमइज संख्यात्मक हिसाबले झण्डै ९९ प्रतिशत रहेको देखिने गरेको भन्दै अर्थतन्त्रमा त्यसको योगदान अर्थपूर्ण हुने बताए ।

नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा यही अवस्थालाई ध्यानमा राखेर प्राथमिकता दिंदै आएको उनले बताए । गत सालको मौद्रिक नीतिमार्फत वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन उनले बताए । सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत वा एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको उनको भनाई छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्