काठमाडौं । नेप्सेमा बुधबार (आज) उच्च अंकको गिरावट आएको छ । हिजो नेप्से ७९.४३ अंकले बढेर २ हजार ९१३ .८४ विन्दुमा पुगेको थियो ।
आज नेप्से ५३.८८ अंकले घटेर २ हजार ८५९ .९६ विन्दुमा पुगेर बन्त भएको छ । आज २१८ ओटा कम्पनीको १ करोड ९४ लाख कित्ता शेयर ८ अर्ब ३६ करोड २६ लाख रुपैयाँम खरिद विक्री भएको छ ।
आज १३ ओटा समूहमध्ये १३ ओटै समूहको परिसूचक घटेकोे छ ।