काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रहेको छ ।
आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।