Tuesday, December 3Nepal News Portal
Shadow

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो


काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको हो । अब उक्त ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन बिक्री खुल्ला गरेको हो ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्न् । बैंकको उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्