काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते शुक्रबार (आज) देखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो ।