काठमाडौं । तेह्थुम पावर कम्पनी लिमिटेडले १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न असार १० गते बिहिबार अनुमति पाएको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ ।
तेह्रथुम पावरले पायो आईपीओ निष्काशनको अनुमति
- स
- स
- स