Wednesday, January 15Nepal News Portal
Shadow

ढल्केबरदेखि कोहलपुरसम्मका उद्योगहरुमा एक साता बिजुली बन्द


काठमाडौं । धनुषाको ढल्केबरदेखि बाँकेको कोहलपुर क्षेत्रसम्म रहेका उद्योगहरुले एक साता बिजुली नपाउने भएका छन् । खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबाट बिजुली आपूर्ति बन्द हुने भएपछि यसको असर ढल्केबरदेखि कोहलपुरसम्म रहेका उद्योगहरुलाई पर्ने भएको हो ।

निर्माण सम्पन्न देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली प्रणालीमा जोड्न खिम्ती सवस्टेसनमा तारतान्ने काम १३ गते आइतबारदेखि सुरु गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आइतबारदेखि शनिबारसम्म एक साताका लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबा बिजुली आपूर्ति बन्द हुनेछ । खिम्ती आयोजनाबाट अहिले ६० मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसबाट विद्युत प्राधिकरणलाई बिजुली आपूर्ति दवाव पर्ने देखिएको छ ।

कुलेखानी आयोजना पूर्ण क्षमतामा सञ्चालन गरेर माग व्यवस्थापन गर्ने प्राधिकरणले जनाएको छ । कुलेखानीको जडित क्षमता १०६ मेगावाट रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्