Sunday, November 3Nepal News Portal
Shadow

उपत्यकामा थप खुकुुलो बनाएर एक साता निशेधाज्ञा थपियो , सार्वजनिक यातायात चल्ने


काठमाडौं । कोरोनाका कारण काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै एक साता थपिएको छ। उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको सोमबार (आज) बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साता लम्ब्याउने निर्णय गरेको हो।

निर्णयअनुसार मंगलबार (भोलि ) देखि सार्वजनिक यातायातसमेत जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन्।

बैठकअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ।
कोरोनाभाइरस सङ्क्रमणमा कमी आएको भन्दै गत सातादेखि नै उपत्यकाभित्र जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन भने दिइएको थियो।

लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन। सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ। खाद्यन्य तथा फलफूल र तरकारीका बजारहरू बिहानैदेखि खुल्ने भएका छन्।
यसअघि थपिएको निषेधाज्ञा आज सोमबार राति सकिँदै थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्