Wednesday, September 18Nepal News Portal
Shadow

युनियन लाइफले पायो आईपीओ निष्काशन गर्न बोर्डको अनुमति


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले लाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।

बोर्डले कम्पनीको हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल ‘इक्राएनपि आइआर त्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्