Monday, February 10Nepal News Portal
Shadow

आज नेप्से ४७.५० अंकले गिरावट, ६अर्बको कारोबार


काठमाडौं । नेप्सेमा तेस्रो कारोबार दिन आज मंगलबार उच्च अंकले गिरावट भएको छ । आज नेप्से ४७.५० अंकले घटेर २ हजार ८२८ विन्दुमा रोकिएको छ ।

आज २२३ ओटा कम्पनीको १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ७२ करोड ६३ लाख मूल्यमा कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् ।
त्यस्तै, आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा ओरियण्टल होटल रहेको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी राद्यी विद्युत कम्पनी कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्