काठमाडौं । आज शेयर बजार ४.१३ अंकले घटेर २८ सय २३.८७ अंकमा बन्द भएको छ ।
आज २ सय २० ओटा कम्पनीको एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । आज १३ ओटा समूहमध्ये ६ओटा समूहको परिसूच बढेको छ भने बाँकी रहेका ७ ओटाको घटेको छ ।
खाज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको हो।