Sunday, May 19Nepal News Portal
Shadow

स्मार्ट टेलिकमले ल्यायो यस्तो सेवा, अब २ मिनेट कलपछि अनलिमिटेड फ्रि, कसरी लिने सेवा ?


काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसनले नेपालमा पहिलो पटक मोबाइल फोन प्रयोगकर्ताहरुका लागि नयाँ सेवा सार्वजनिक गरेको छ । स्मार्ट टेलिकमका ग्राहकले पहिलो २ मिनेट मुल रकमबाट कुराकानी गरेपछि अनलिमिटेड कुराकानी गर्न सकिने सुविधा ल्याएको हो ।

टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘दुईपछि फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीने छ भने २ मिनेट पछिको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ ।

स्मार्ट प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । अब स्मार्ट प्र्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आप्mना प्र्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ । स्मार्टले यस अफरले आप्mना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्ने कम्पनीले जनाएको छ ।

यस अफर प्रयोग गर्न स्मार्ट प्र्रयोगकर्ताहरुले निःशुल्क *१४१*१*५*१# डायल गर्नु सक्नु हुनेछ । स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकहरुमा पनि धेरै सुविधा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Total Page Visits: 1121 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्