Sunday, April 13Nepal News Portal
Shadow

अब जिल्ला जिल्लामा कोरोना खोप लगाइने प्रधानमन्त्री ओलीको भनाई


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब जिल्ला जिल्लामा कारोना भाइरस (कोभिड १९) विरूद्धको खोप अभियान नै चलाइने बताएका छन्।

त्रिशुली ३ बीको प्रसारण लाइन र सबस्टेसनको शनिबार (आज) भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समूह तोकेर सबै जनसंख्यामा छोटो अवधिमै खोप पुर्‍याइने बताएका हुन्।

उनले एक(दुई दिन, सात दिन वा पन्ध्र दिनभित्रै खोप लगाइसक्न सम्भव नरहेकाले समूह(समूह तोकेर कहाँनेर बढी प्रभाव छ त्यहाँ अभियान चलाइने बताएका छन्।

उनले कोभिडका कारण अन्य देशभन्दा नेपाल कम नै प्रभावित रहेको र आवश्यक सतर्कताले जोखिम कम भएको बताएका छन्।
ओलीले हाल देशभरि वर्षा भइरहेकाले क्षति भोग्नु परेको भन्दै राहत र उद्धारमा सरकारले ध्यान दिइरहेको बताएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्