Saturday, November 25Nepal News Portal
Shadow

किसानलाई दूधको भुक्तानी नरोक्न कृषि मन्त्रालयद्वारा संस्थानलाई २० करोड ऋण


काठमाडौं। पशुपालक किसानको दूधको भुक्तानी नियमित गर्न कृषि विकास तथा पशुपन्छी मन्त्रालयले दुग्ध विकास संस्थानलाई २० करोड रुपैयाँ ऋण दिएको छ।
संस्थानले केही समययता किसानलाई दूधको पैसा तिर्न नसकेपछि मन्त्रालयले ऋण दिएको संस्थानका सूचना अधिकारी स्रोतले बताएका हुन् ।

निषेधाज्ञाको कारण बजारमा दूध र दुग्धजन्य पदार्थको बिक्री घट्दा सरकारी संस्थानको आर्थिक कारोबार प्रभावित छ।बजारबाट अपेक्षित आम्दानी नहुँदा संस्थानले किसानको भुक्तानी रोकेको छ।

वर्षायाममा खेतिपाती कम र खर्चको समस्या हुने भएकाले मन्त्रालयले किसानको भुक्तानी नरोक्न संस्थानलाई ऋण उपलब्ध गराएको स्रोतको भनाई छ ।

करिब वर्षदिनदेखि कारोबार प्रभावित हुँदा संस्थानमा किसानको करिब ४५ करोड रुपैयाँबराबरको भुक्तानी रोकिएको छ। दूध बिक्री गरी दैनिक गुजारा चलाउदै आएका किसानलाई भुक्तानी रोकिँदा निकै मर्का परेको छ।

पछिल्लोपटक निषेधाज्ञा खुकुलो भएपछि बजार बिस्तारै सहज हुन थालेको छ। असार १५ मा दहीको व्यापार उत्साहजक भएकाले डेरीजन्य व्यापार बढ्ने देखिएको संस्थानले जनाएको छ।

Total Page Visits: 356 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्