Wednesday, April 24Nepal News Portal
Shadow

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड बुधवार विहान हुने


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधवार बिहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार क्यापिटलको कार्यालय नक्सालमा बिहान साढे ९ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो । यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट मागभन्दा १६.७३ गुणा बढी ३ अर्ब ९ करोड १० लाख ५३ हजार रुपैयाँ बराबरको ३ करोड ९ लाख १० हजार ५३० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य ०.५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । कम्पनीको जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो ।

कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो ।

Total Page Visits: 1018 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्