काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आइपीओ आज बाँडफाँड भएको छ ।
आइपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपीओ बाँडफाँड बिहान साढे ९ बजे भएको हो । आइपिओ भरेकाहरुमध्ये १ लाख ८४ हजार ८०१ जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको हो भने ५ जनालाई ११ कित्ताका दरले सेयर प्राप्त भएको छ ।
कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन तथा विक्री खुल्ला गरेकको थियो ।
आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरोसेयर र जीवन विकास लघुवित्तको वेबसाइट बाट पनि हेर्न सकिन्छ ।