Tuesday, May 28Nepal News Portal
Shadow

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, दुई जना सञ्चालक निर्वाचित


काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा बुधवार (आज) सम्पन्न भएको छ ।
भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय कमलादीमा आयोजित सभाले आर्थिक वर्ष २०७६÷ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
यसका साथै आर्थिक वर्ष २०७७÷ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेललाई निर्वाचित गरेको छ । यसभन्दा अगाडि कम्पनीले जेठ ११ गते साधारण सभा आयोजना गरेकोमा कोरोना भाइरसको दोस्रो लहरका कारण सभा स्थगित भएको थियो ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू.७ करोड ५९ लाख सञ्चित गरेको छ ।

Total Page Visits: 485 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्