Friday, July 12Nepal News Portal
Shadow

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ५८ करोडको कारोबार


काठमाडौं । लगातार ओरोलो गति लागेको शेयर बजार बुधबार (आज) पनि घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.९७ अंक घटेर २८०१.१३ विन्दुमा रोकिएको हो । गत कारोबार दिन नेप्से परिसूचक ५ अंकले घटेको थियो ।

आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजारभन्दा बढी कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये २ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा विकास बैंक समूह र वित्त समूह रहेका छन् ।
सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूह रहेका छन् । यी समूहको परिसूचक क्रमशः २.१६ प्रतिशत र २.१३ प्रतिशत रहेको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री छिमेक लघुवित्त विकास बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ४३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको भएको छ ।
आज अपर तामाकोशी र यूनाइडेड इदी मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ३.१६ प्रतिशतले वृद्धि भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्