काठमाडौं,२३ कार्तिक (ससं) । प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल गरेका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् ।
नेकपामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएका थिए ।