Thursday, April 18Nepal News Portal
Shadow

२५ रुपैयाँले बढ्यो खाना पकाउने ग्यासको मूल्य


काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको हो । अब ग्यासको नयाँ मूल्य १ हजार ४२५ रुपैयाँ भएको छ ।

निगमले राति १२ः०० बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल ÷ मट्टितेलको साबिकको बिक्रि मूल्यमा दुई रुपैयाँ बढाएको छ । निगमले हवाई इन्धन (आन्तरिक उडान) मा प्रति लिटर दुई रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरिकी डलर १९ ले वृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १२९ रुपैयाँ पु¥याएको छ । डिजेल÷मटितेलको मूल्य अब प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ ।

Total Page Visits: 769 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्