Thursday, April 18Nepal News Portal
Shadow

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन, कहिले सम्म दिने आवेदन ?


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आइपीओ बिहीबार आजबाट  तथा विक्री खुल्ला गरेको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ आजबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

युनियन लाइफको आईपीओ निष्कासन बन्द छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ ।

Total Page Visits: 938 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्