काठमाडौं । असार २४ गते (आज) बाट निष्काशन तथा विक्री खुल्ला भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओमा पहिलो दिन नै १.४१ गुणाले आवेदन दिएका छन् ।
६४ लाख ५० हजार कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ताशेयर निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्ममानै ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन दिएका हुन् ।
यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १०कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपिओमा आवेदन दिने अन्तिम मिति छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।
आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।