Saturday, January 25Nepal News Portal
Shadow

शुक्रबार कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस्


काठमाडौं । स्थानीय बजारमा शुक्रबार (आज) पनि सुनको मूल्यमा सामान्य वृद्धि आएको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्