काठमाडौं । आइतबार दुई ओटा कम्पनीको १ करोड ८५ लाख ४६ हजार २४८ कित्ता बोनस सेयर नेपाल स्टक एक्चेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ प्रतिशत अर्थात १ करोड ७० लाख ३८ हजार ९८ कित्ता र डेप्रोस लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत अर्थात १५ लाख ८ हजार १५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
