काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से घटेको छ तर कारोबार रकममा भने वृद्धि भएको छ ।
सोमबार नेप्से ४५.०६ अंकले घटेर २८५४.७६ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६२ अंकले घटेर ५३४.८१ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये एउटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी १४ वटा उपसमूहको परिसूचक घटेको छ ।
आज कारोबारको आधारमा निर्धान उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ४७ करोड २६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
नेप्सेका अनुसार आज एक कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । आज सेयरमूल्य बढ्ने कम्पनीमा समृद्धी फाइनान्स कम्पनी रहेको छ । यो कम्पनीको सेयरयरमूल्य पाँच प्रतिशत भन्दा बढीले बढेको हो ।
त्यस्तै, आज युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ओरियन्टल होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
नेप्सेमा आज कूल २२९ वटा कम्पनीको दुई करोड ६० लाख ८ लाख २१ हजार १०४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।