Thursday, September 12Nepal News Portal
Shadow

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने असार ३० गते बुधवार (आज) अन्तिम दिन रहेको छ ।

असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको कम्पनीले छिटोमा असार २३ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३ गतेसम्मको मिति तेकेको थियो ।
मागभन्दा बढी आवेदन परिसकेकाले आजसम्म मात्र ऋणपत्र विक्री गर्न लागिएको बैंकले सुचना मार्फत जानकारी गराएको हो ।

बैंकले यस अघिकै सुचनामा ढिलो अवधिसम्मको मितिभित्र माग बमोजिम आवेदन परेमा कुनै पनि दिन सुचना सार्वजनिक गरी विक्री बन्द गरिने जानकारी दिएको थियो ।

बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको “ज्योति विकास बैंक बण्ड २०८७” नामको १५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।
उक्त प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्