Wednesday, September 18Nepal News Portal
Shadow

सिवाईसी लघुवित्तले शालिग्राम लघुवित्तको प्राप्ति पश्चात् एकीकृत कारोबार शुरु


काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात एकीकृत कारोबार शुरु गरेको छ ।

राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेश स्तरको शालिग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।
एकीकृत कारोबारको शुभारम्भ सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबर्द्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा गरेका हुन् ।

यी दुबै कम्पनीले जेठ २४ गते बसेको छुट्टा – छुट्टै विशेष साधारण सभा मार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएसँगै एकीकृत कारोबार सम्पन्न भएको हो ।

शालीग्राम लघुवित्तको १०० कित्ता सेयर बराबर सिवाईसी नेपाल लघुवित्तलाई ७५ कित्ता सेयर दिने गरी शालीग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्