काठमाडौं । सरकारले लामो दुरीमा चल्ने यात्रुबाहक र अन्य सवारीको भाडादर बढाएको छ । असार २९ गतेदेखि नै लागु हुने गरी २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको हो । पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन स्तरमा भाडा बढाइएको बताइएको छ ।
निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको बताइएको छ ।
जसमा सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतसम्म भाडा वृद्धि गगरेको छ ।