Thursday, July 17Nepal News Portal
Shadow

सुनको भाउ घट्यो


काठमाडौं, कार्तिक, २५ (ससं) । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार सुनको भाउमा एकै दिन प्रतितोला तीन हजार ४०० ले घटेको छ ।
यसैगरी, सुनसँगै ओरालो लागेको चाँदीको भाउ पनि एकै दिन ७० रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ छ।

यस्तै आज तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम भएको छ। सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो।

सोमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम छ। जुन ७० रूपैयाँको गिरावट हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्