Monday, February 10Nepal News Portal
Shadow

माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्र आजबाट निष्काशन


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिहीबार आज देखि निष्काशन तथा विक्री खुला गरेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरको कूल ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले निष्काशन गर्न लागेको कूल कित्तामध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी रहेको १२ लाख इकाइ भने सर्वसाधारणलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कूल १२ लाख ईकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गरेको हो । उक्त ऋणपत्र १० वर्ष अवधिको हुनेछ । ऋणपत्रको वार्षिक ८.५ प्रतिशत हुनेछ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। आजबाट बिक्री खुल्ला हुने उक्त ऋणपत्रमा छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्