Tuesday, May 28Nepal News Portal
Shadow

स्वावलम्बन लघुवित्तको लिलामीमा विक्री गरेको संस्थापक सेयर बाँडफाँड


काठमाडौं । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको लिलामी सेयर बाँडफाँड भएको छ । कम्पनीले असार १८ गतेदेखि २९ गतेसम्म विक्री खुला गरी ३० गते बाँडफाँड गरेको हो ।

कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकेर उक्त सेयर लिलामीमा ल्याएको थियो ।

कम्पनीले १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर विक्री खुल्ला गरेकोमा ५३ हजार १०० कित्ता सेयर मात्र वितरण गरेको छ ।

यो सेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Total Page Visits: 389 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्