Thursday, January 23Nepal News Portal
Shadow

नेप्से ११.३३ अंकले वृद्धि हुँदा ८ अर्बको कारोबार


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सेञ्ज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३.३८ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.९३ अंकले बढेर ५४१.३१ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये ७ ओटा उपसमूहको परिसूचक घटेको छ भने बाँकी रहेका ६ ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबारको आधारमा गोर्खाज फाइनान्स लिमिटेड अग्र स्थानमा रहेको छ । यो कम्पनीको ३६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको हो ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । सेयर मूल्य वृद्धि हुनेमा ङादी ग्रुप पावर लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य झन्डै १० प्रतिशतले वृद्धि भएको हो ।

आज २२३ ओटा कम्पनीको ५ करोड ८५ लाख कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्