
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धन समिति विस्तार गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति सदस्य सुरेन्द्र भाइ शाक्यको सभापतित्वमा समिति गठन गरेका हुन्।
समितिको सल्लाहकारमा शरद विक्रम राणा, सह–सभापति बिनोद मल्ल, सह–सभापतिमा जीवनरत्न शाक्य तथा सदस्यहरुमा रविन्द्र शाक्य, महेश्वर श्रेष्ठ, रेशमबहादुर पोखरेल, सुषमा शर्मा र मीलन विर मालाकारलाई मनोनयन गरिएको छ।
नवमनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै अध्यक्ष मल्लले उक्त समितिले निर्यात प्रवर्द्धनको क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तहरुको प्रतिनिधित्व भएको बताए।
